रोनाल्डोको गोलले टार्न सकेन युभेन्टसको हार

नयाँ वर्षको सुरुवातसँगै पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फर्ममा देखिएका छन् । इटालिनयन क्लब युभेन्टका लागि रोनाल्डोले सन् २०२० मा ५ खेलमा १ ह्याट्रिकसहित ८ गोल गरेका छन् ।

आइतबार राति भएको इटालियन सिरि एको खेलमा पनि रोनाल्डो आफ्नो लयलाई निरन्तरता दिए । तर, त्यसले टिमलाई युभेन्टसलाई भने जित दिलाउने सकेन । आइतबार राति भएको खेलमा युभेन्ट्स नापोलीसँग २–१ले पराजित भयो । यो युभेन्टसको सन् २०२० को पहिलो हार हो ।

नापोलीविरुद्ध पहिलो हाफमा युभेन्टसले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर, दोस्रो हाफमा नापोली लयमा देखिएयो । फलस्वरुप उसले ६३ औँ मिनेटमा पिटर जिलिन्स्कीको गोलमा अग्रता लियो । त्यसको केही समयपछि युभेन्टसले बराबरी गर्ने मौका पाएको थियो । तर गोञ्जालो हिग्वेनको बाइसाइकल किक गोलकिपर एलेक्स मेरेटले बचाएका थिए ।

लोरेन्जो इन्सिग्नेले खेलको ८६औँ मिनेटमा गोल गर्दा नापोलीले अग्रता दोब्बर बनायो । ९०औँ मिनेटमा रोनाल्डोले गोल गरे पनि हार भने टार्न सकेनन् । इटालियन सिरी ए मा रोनाल्डो लगातार आठ खेलमा गोल गर्ने खेलाडी बनेका छन् ।

हारपछि पनि युभेन्टस ५१ अंकका साथ शीर्ष स्थानमै छ । ४८ अंक जोडेको इन्टर मिलान दोस्रो स्थानमा छ भने जालियो ४६ अंकका साथ तेस्रो स्थानमा छ । नापोली भने २७ अंकका साथ १०औँ स्थानमा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.