यस्तो हुनेछ युभेन्ट्सको नयाँ जर्सी

इटालियन क्लब युभेन्ट्सले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ। युभेन्ट्सले शुक्रबार २०२१–२२ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।

एडिडासले बनाएको नयाँ जर्सी समर्थकका लागि बजारमा उपलब्ध भएको पनि युभेन्ट्सले जनाएको छ।

यो सिजन ठीकठाक मात्र प्रदर्शन गरेको युभेन्ट्स च्याम्पियन्स लिग छनोटकै लागि संघर्ष गरिरहेको छ। आन्द्रे पिर्लोको टिम युभेन्ट्सले लिगको अन्तिम खेल बोलोग्लानसँग खेल्दै छ।

लिगको पाँचौं स्थानमा रहेको युभेन्ट्सले अन्तिम खेल जितेपनि च्याम्पियन्स लिग छनोट सुनिश्चित हुने छैन। त्यसका लागि उसले नापोली र एसी मिलानको खेलको नतिजामा भरपर्नुपर्ने हुन्छ। नापोली र एसी मिलान मध्ये एकले अंक गुमाए युभेन्ट्स च्याम्पियन्स लिगका लागि छनोट हुनेछ ।

अन्तिम खेलमा एसी मिलानले एट्लान्टासँग खेल्ने छ भने नापोलीले भेरोनासँग खेल्ने छ। सिरि ए उपाधि भने इन्टर मिलाने जितिसकेको छ।

Facebook Comments Box