युभेन्ट्सले गर्‍यो म्याकेनीसँग स्थायी अनुबन्धन

इटालियन क्लब युभेन्ट्सले अमेरिकन मिडफिल्डर वेस्टन म्याकेनीलाई स्थायी अनुसबन्धन गरेको छ । सिजनको सुरुवातमा १ वर्षे गोलमा सिरि ए क्लब आएका म्याकेनीलाई युभेन्ट्सले स्थायी अनुबन्धन गरेको हो।

जर्मन क्लब साल्केबाट लोनमा आएका २२ वर्षीय म्याकेनीले युभेन्ट्सबाट निरन्तार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । सोही कारण युभेन्ट्सले म्यानकेनीसँग ४ वर्षको सम्झौता गरेको हो । अब उनी सन् २०२५ सम्मको युभेन्ट्समै रहने छन् ।

यो सिजन उनले युभेन्ट्सका लागि ३१ खेलमा ५ गोल गरिसकेका छन् । उनी युभेन्ट्सका पहिलो रोजाइमा पर्दै आएका छन् । म्याकेनीले ३ सिजन साल्केमा बिताउँदा ५ गोल गरेका थिए । अमेरिकाका लागि उनले १९ खेलमा ६ गोल गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.