रोनाल्डोविनाको युभेन्ट्स रोकियो

Read Time:2 Minute

आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोविना मैदान उत्रिएको डिफेन्डिङ च्याम्पियन युभेन्ट्स बराबरीमा रोकिएको छ । सिरि एअन्तर्गत शनिबार राति भएको खेलमा कोरोना संक्रमण देखिएपछि रोनाल्डोलाई गुमाएको युभेन्ट्स क्रोटोनसँग १–१ गोलको बराबरीमा रोकियो ।

इन्टरनेशनल ब्रेकका क्रममा रोनाल्डोलाई गत साता कोरोना संक्रमण देखिएको थियो । युईएफए नेसन्स लिगको स्वीडेनविरुद्धको खेलअघि रोनाल्डोलाई संक्रमण पुष्टी भएको थियो । अहिले रोनाल्डो टुरिनमै सेल्फ आइसोलेसनमा बसेका छन् । उनी च्यापियन्स लिगअन्तर्गत बार्सिलोनाविरुद्धको खेलमार्फत मैदान फर्कने अपेक्षा छ ।

खेलका दुवै गोल पहिलो हाफमै सम्भव भएको थियो । क्रोटोनका सिमेओन नमान्कोले १२औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । उलने लियोनार्दो बोनुचीले डिबक्मा फाउल गरेपछि प्राप्त पेनाल्टीमा नमान्कोले गोल गरेका थिए ।

२१औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उनले फेडेरिको चेइसको पासमा गोल गरेका थिए । डेब्यू खेलाडी चेइसले ६०औं मिनेटमा रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा सीमित बनेको थियो ।

यसैगरी अर्को खेलमा एसी मिलानले इन्टर मिलानलाई २–१ले पराजित गरेको छ । एसी मिलानको जितमा दुवै गोल ज्लाटन इब्राहिमोविचले गरेका थिए भने इन्टरका रोमेलु लुकाकुले गरेका थिए । तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

यस्तै अन्य खेलमा नापोलीले एट्लान्टालाई ४–१ले पारजित गर्दा लाजियो साम्पडोरियासँग ३–०ले स्तब्ध भयो । नापोलीको जितमा हिर्विङ लोजानोले २ गोल गरे भने माटेओ पोलिटाने र भिक्टर ओसिम्हेनले समान १ गोल गर्दा एट्लान्टाका साम लामेर्सले गोल गरेका थिए । साम्डोरियाको जितमा फाबियो क्युग्लिअरिया, टोमासो अग्युलो र मिकेल डाम्सग्राडले गोल गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

32 thoughts on “रोनाल्डोविनाको युभेन्ट्स रोकियो

  1. Sweet blog! I found it while browsing on Yahoo News. Do you have any suggestions on how to get listed in Yahoo News? I’ve been trying for a while but I never seem to get there! Thank you

  2. Very great post. I simply stumbled upon your weblog and wished to mention that I have really loved browsing your blog posts. In any case I will be subscribing in your rss feed and I’m hoping you write once more very soon!

  3. Just wish to say your article is as astonishing. The clearness on your put up is just great and i can suppose you are an expert in this subject. Fine along with your permission let me to take hold of your feed to keep updated with impending post. Thanks one million and please carry on the rewarding work.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रियल र बार्सिलोना दुवै पराजित, एट्लेटिको विजयी
Next post सिटीले आर्सनललाई हरायो, रोकियो चेल्सी
Close