रोमाञ्चक खेलमा युभेन्ट्सले इन्टरलाई हरायो, च्याम्पियन्स लिग आशा कायमै

इटालियन सिरी एमा युभेन्टसले इन्टर मिलानमाथि रोमाञ्च जित हात पारेको छ। घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई ३–२ले हराउँदै च्याम्यिन्स लिग छनोटको आशालाई कायमै राखेको छ ।

इन्टरमाथिको जितसँगै युभेन्टस लिगको चौथो स्थानमा उक्लिएको छ। युभेन्ट्सले ३७ खेलमा ७५ अंक जोडेको छ। अब उसलाई च्याम्पिन्स लिगमा छनोट हुन अन्तिम खेलमा जित निकाल्नु पर्ने छ भने नापालीले बाँकी २ मध्ये १ खेलमा अंक गुमाउनु पर्ने छ या एसी मिलानले बाँकी २ खेमला १ मा जोड्नु पर्ने छ।

युभेन्टसले इन्टरलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सम्पन्न खेलको २४औं मिनेटमै क्रिस्टियानो रोनाल्डोको गोलमार्फत युभेन्टसले अग्रता बनाएको थियो। रोनाल्डोले प्रहार गरेको पेनाल्टी इन्टरका किपरले रोकेपछि आएको रिबाउन्ड उनले नै गोल गरेका थिए ।

खेलको ३५ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा ल्याए। पहिलो हाफको इन्जुरी समयमा जुवान क्वाड्राडोले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए। खेलको ५५औँ मिनेटमा रोड्रिगो बेन्टान्कुर दोहोरो पहेलो काड खाँदै बाहिरिएपछि युभेन्टस १० खेलाडीमा समेटियो।

८३औँ मिनेटमा युभेन्टसका जर्जियो चिलिनीले आत्मघाती गोल गरेपछि खेल २–२ को स्थितिमा पुग्यो। ८८औँ मिनेटमा जुवानले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए। खेलको इन्जुरी समयमा मार्सेलो बोर्जोभिक पनि दोहोरो पहेँलो कार्डसहित बाहिरिएपछि इन्टर पनि १० खेलाडीमा समेटिएको थियो।

Facebook Comments Box