च्याम्यिन्स लिग खेल्ने आशा कायमै राख्न इन्टरसँग खेल्दै युभेन्ट्स

युभेन्ट्सले इटालियन सिरि एमा आज राति महत्वपूर्ण खेल खेल्दै छ। च्याम्यिन्स लिग छनोटको दौडमा रहेको युभेन्ट्सले आज राति ९ः४५ बजे लिग च्याम्पियन इन्टर मिलानसँग घरेलु मैदानम खेल्ने छ।

लिगका दुई चरणको खेल मात्र बाँकी रहेको अवस्थामा पाचौं स्थानमा रहेको युभेन्ट्सलाई च्याम्यिन्स लिग छनोटको आशा जीवितै राख्नै इन्टर मिलानलाई हराउँदै पर्ने हुन्छ। यता, इन्टरका लागि भने यो खेल प्रतिष्ठानका लागि मात्र हुने छ। किनभने शीर्ष स्थानको इन्टरले यसअघि नै सिरि ए जिति सकेको छ।

लिगको पाचौं स्थानमा रहेको युभेन्ट्सको ७२ अंक छ, र उ चौथो स्थानको नापोली भन्दा एक अंकले पछि छ। त्यसैले उसलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्ने दुवै खेल उत्तिकै महत्वपूर्ण छ। तर, दुवै खेल जित्दैमा मात्र उसले अर्को च्याम्पियन्स लिग खेल्ने पक्का भने हुने छैन, त्यसका लागि नापोलीले २ मध्ये १ खेलमा अंक गुमाउनु पर्नै हुन्छ ।

युभेन्ट्सले लिगको अन्तिम खेलमा बोलोग्नासँग खेल्ने छ भने नापोलीले फियोरेन्टिना र ससुओलोसँग खेल्ने छ।

युभेन्ट्स स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, फेडरिको किइसा, म्याथिस डि लिटको भरमा हुने छ भने इन्टरसँग रोमेलु लुकाकु, लाउटारो मार्टिनेज, निकोले बरेल्ला, इभान पेरेसिच लगायतको साथ छ ।

यी दुइ टोलीको पछिल्लो २७ भेटमा युभेन्टस १४ खेलमा विजयी भएको छ भने इन्टरले ४ खेल मात्र जितेको छ। ९ खेल बराबरीमा सकिएको छ ।

Facebook Comments Box