रोनाल्डो र डिबालले गोल गर्दा युभेन्ट्स विजयी

क्रिस्टियानो रोनालडो र पाउलो डिबालाले गोल गरेपछि इटालियन सिरि एमा युभेन्ट्स विजयी भएको छ। बुधबार राति भएको खेलमा रोनालडो र डिबालाले गोल गरेपछि युभेन्ट्सले नापोलीमाथि २–१को जित निकाल्यो ।

यो जितसँगै युभेन्ट्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। जितपछि २९ खेलबाट ५९ अंक जोड्दै युभेन्ट्स तेस्रो स्थानमा उक्लेको छ । युभेन्ट्स अझै शीर्ष स्थानको इन्टरभन्दा १२ अंकले पछि छ । २९ खेलबाट ५८ अंक रहेको एटलान्टा चौथो स्थानमा झरेको छ । समान खेलबाट ५६ अंकसहित नापोली पाँचौ स्थानमै छ ।

युभेन्ट्सका रोनाल्डो र डिबालाले गोल गरे भने नापोलीका इनसिग्ने लोरेन्जोले गोल गरे।

घरेलु मैदानमा खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्ट्सले अग्रता कायमै राख्यो । ७३ औं मिनेटमा डिबलाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे । इन्जुरी टाइममा नापोलीका लागि इनसिग्ने लोरेन्जोले पेनाल्टीमा एक गोल फर्काए ।

यसैगरी बुधबार राति नै भएको अर्को खेलमा इन्टर मिलान विजयी भयो । उसले ससुओलोलाई २–१ले नै हरायो। इन्टरको जितमा रोमेलु लुकाकुले १०औं र लाउटरो मार्टिनेजले ६७औं मिनेटमा गोल गरे । ससुओलोका हामेदले ट्राओरले ८५औ मिनेटमा एक गोल फर्काए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.