कोपा इटालिया फाइनल आज, युभेन्ट्स र नापोली भिड्ने

इटालीकाो सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा इटालियाको आज हुँदै छ । ओलम्पिक रंगशालामा राति १२ः४५ मा सुरु हुने खेलमा युभेन्ट्स र नापोली भिड्ने छन् ।

डिफेन्डिङ च्याम्पियन युभेन्ट्सले सेमिफाइलनमा एसी मिलानलाई पराजित गरेको थियो भने नापोलीले इन्टर मिलानको चुनौति पन्छाउँदै युभेन्ट्ससँगको भिडन्त पक्का गरेको हो ।

कोपा इटालियाको सर्वाधिक सफल टिम हो, युभेन्ट्स । युभेन्ट्सले सर्वाधिक १३ पटक उपािध जितेको छ । नापोलीले ४ पटक उपाधि जितेको छ ।

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको साथ पाएको युभेन्ट्स र नापोली दुवै सिजनको पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । त्यसैले बुधबार राति ओलम्पिक रंगशालामा हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ ।

फाइनल अघि युभेन्ट्सलाई केही खेलाडीको चोटले चिन्तीत बनाएको छ । युभेन्ट्सका प्रशिक्षक माउरिजियो सारीका लागि एरोन राम्से र गोन्जालो हिग्वेनको चोट चिन्ता हुनेछ । उनीहरु आजको खेलमा हुनेछैनन् । यस्तै कप्तान जर्जियो चिलिनीले फाइलन गुमाउने छन् । यता, नापोलीलाई चोटले त्यति सताउने छैन । उसका डिफेन्डर मानोलासले मात्र चोटका कारण आजको खेल गुमाउने सम्भावना छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.