युभेन्ट्स पोर्टोसँग पराजित

इटालियन क्लब युभेन्ट्स युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा पोर्टोले युभेन्ट्समाथि २–१को जित निकालेको हो।

पोर्टोका लागि मेहदी तारेमीले खेलको पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेको पोर्टोका लागि ४६औं मिनेटमा माउसा मारेगाले गोल गर्दै अग्रता दोबर पारे ।

दुई गोलले पछि परेको युभेन्ट्सले दोस्रो हाफमा एक गोल फर्कायो । ८२औं मिनेटमा फेडेरिको चिएसाले युभेन्ट्सका लागि गोल फर्काए पनि हार टार्न सकेन । अब दोस्रो लेग मार्च ९ मा युभेन्ट्सको मैदानमा हुनेछ ।

खेलमा युभेन्ट्सले ६६ प्रतिशत बल पोजेसन बनाउँदै पोर्टोको पोस्टमा १२ सट प्रहार गरेको थियो, त्यसमध्ये ५ सट फ्रेममा थियो। यता, पोर्टोले ८ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो।

युभेन्ट्सविरुद्ध पोर्टोको यो पहिलो जित हो । यसअघि भएका ५ भीडन्तमा पोर्टोले ४ हार र १ बरारबी खेलेको थियो । यस्तै, च्याम्पियन्स लिगको नकआउट यो पोर्टोको दोस्रो जित हो। यता, युभेन्ट्स भने च्याम्पियन्स लिगका नकआउट चरणका पछिलल ४ मध्ये ३ खेलमा पराजित भयो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.