अन्तिम खेलमा हार्‍यो च्याम्पियन युभेन्ट्स

अन्तिम खेल अवागै च्याम्पियन बनिसकेको युभेन्ट्स सिरि एको अन्तिम खेलमा पराजित भएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स रोमासँग ३–१ले पराजित भएको हो ।

क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, म्याथिस डि लिग्टलगायतका मुख्य खेलाडीविना मैदान उत्रिएको युभेन्ट्स सुरुवातमै अग्रता लिएर पनि पराजित थियो । घरेलु मैदानमा गोन्जालो हिगवेनको गोलमार्फत खेलको पाँचौ मिनेटमै अग्रता दिलाएका थिए । तर युभेन्टसले उक्त अग्रता जोगाउन सकेन भने रोमाले उत्कृष्ट पुनरागमन गर्‍यो ।

२३औं मिनेटमा निकोला कालिनिकले रोमाको लागि बराबरी गोल फर्काए । ४४औं मिनेटमा डिएगो पेरेट्टीले पेनाल्टीमार्फत गोल गर्दै रोमालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ५२औं मिनेटमा पेरेट्टीले नै व्यक्तिगत दोस्रो गोल गरेपछि रोमाले ३-१ को अग्रता बनायो। त्यसपछि गोल भएन र रोमा विजयी भयो ।

पराजित भएपनि युभेन्ट्सले घरेलु मैदान सिरी एको ट्रफी लगातार नवौं पटक उचाल्यो । युभेन्ट्सले पछिल्ला ८ खेलमा मात्र दुई खेलमा जित निकाल्न सक्यो । शीर्ष स्थानको युभेन्ट्सले ८३ अंक जोड्यो । रोमा ७० अंक सहित पाँचौ स्थानमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *