सिरि एमा युभेन्ट्सको जित

Read Time:1 मिनेट

इटालियन सिरी एमा युभेन्ट्स विजयी भएको छ। मंगलबा राति भएको खेलमा खेल युभेन्ट्सले काग्लियारीलाई २–०ले हराएको हो।

युभेन्ट्सको जित मोइस किन र फेडेरिको बेर्नारडेस्कीले गोल गरे । युभेन्ट्सले दुवै हाफमा समान १ गोल गरेको थियो ।

४० औं मिनेटमा युवा स्ट्राइकर मोइस किनले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए । ८३औं मिनेटमा बेर्नारडेस्कीले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए । उनले डुभान कुलुसेस्कीको पासमा गोल गरेका थिए ।

खेलमा ६३ प्रतिशत बल पोजेसन बनाएको युभेन्ट्सले १५ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो । यता, काग्लियारीले ६ सट प्रहार गरेकोमा १ सट फ्रेममा थियो।

जितसँगै १९ खेलमा ३४ अंक जोडेको युभेन्ट्स युभेन्ट्स पाँचौं स्थानमा छ । काग्लियारी १० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एनकेटियाकाे ह्याट्रिकमा आर्सन कारबाओ कपको सेमिफाइनलमा
Next post एसियन सेन्ट्रल जोन भलिबलमा माल्दिभ्स सहभागी नहुने, पदक जित्ने नेपालकाे सम्भावना बलियाे
Close