सिरि एमा युभेन्टस विजयी

Read Time:1 Minute

इटालियन सिरी एमा युभेन्टस विजयी भएको छ। मंगलबार राति भएको खेलमा युभेन्टसले सालेरनिटानामाथि २–०ले हरायो।

मंगलबार राति भएको खेलमा युभेन्ट्सका लागि पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरे।

खेलको २१औं मिनेटमा डिबालाले र ७०औं मिनेटमा मोराटाले गोल गरे । २८ औं मिनेटमा जर्जिओ किलयनीले गोल गरेपनि भिएआरले मान्यता दिएन ।

यस्तै खेलको इन्जुरी टाइममा युभेन्ट्सले पेनाल्टी पाएपनि डिबालाले गोल गर्न सकेनन् । उनले पेनाल्टी बाहिर प्रहार बाहिर गएको थियो ।

यस जितपछि युभेन्ट्स १५ खेलमा २४ अंक जोडेर सातौं स्थानमा छ । सालेरनिटाना १५ खेलबाट ८ अंकसहित पुछारमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आईपिएल : २७ रिटेन खेलाडीको मूल्य २६९ करोड, कसकाे मूल्य कति ?
Next post प्रदेश १ लाई हराउँदै सुदूरपश्चिम फाइनल नजिक
Close