म्यान्चेस्टर सिटी र नापोलीले भित्र्याए दुई अफ्रिकन युवा खेलाडी

इंग्लिस क्लब म्यान्चेस्टर सिटी र इटालियन क्लब नापोलीले दुई अफ्रिकन युवा खेलाडी अनुबन्धन गरेका छन् । सिटीले बेल्जियन क्लब मेचेलेनबाट बुर्किनाफासोका १९ वर्षिय डिफेन्डर इसा काबोरेलाई अनुबन्ध गर्दा नापोलीले फ्रेन्च क्लब लिल्लेबाट नाइजेरियन स्ट्राइकर भिक्टर ओसिमहेनलाई अनुबन्ध गरेको छ ।

सिटीले सिजनको पहिलो अनुबन्धका रुपमा १९ वर्षे डिफेन्डरलाई काबोरेलाई भित्र्याएको छ । काबोरेको अनुबन्धन रकम भने खुलाइएको छैन ।

सिटीसँग काबोरेले पाँच वर्षको सम्झौता गरेका छन् । अब उनी सन् २०२५ सम्म सिटीमा रहने छन् । आगमी सिजन भने उनले बेल्जियन क्लब मेचेलेनबाटै लोनमा खेल्ने छन् । यो सिनज उनले मेचेलेनबाट ५ खेल मात्र खेलेका थिए ।

नापोलीले लिलेबाट २१ वर्षीय ओसिमहेनलाई ५० मिलियन युरोमा भित्र्याएको हो । नाजेरियाको राष्ट्रिय टिमबाट १० खेल खेलिसकेका ओसिमहेनले लिल्लेबाट यो सिजन ३८ खेल खेल्दै १८ गोल गरेका छन् र ३८ खेलमा १८ गोल गरेका थिए ।

ओसिमहेन यसैसिजन जर्मन क्लब वुल्भ्सवर्गबाट लिल्ले आएका थिए । सन् २०१७ वुल्भ्सबर्गमा आबद्ध भएका उनी सन् २०१८ मा लोनमा बेल्जियन क्लब चार्लेरोइमा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *