चेल्सीले भित्र्यायो काई हाभेर्टज

इंग्लिस क्लब चेल्सीले जर्मनीका युवा स्टार काइ हाभेर्टजलाई अनुबन्धन गरेको छ । बुन्डेस लिगा क्लब बायर लेभरकुसनबाट २१ वर्षीय हाभेर्टजलाई भित्र्याउन चेल्सीले ८० मिलियन युरो खर्चियो ।

हाभेर्टजले लन्डन क्लब चेल्सीसँग ५ वर्षको सम्झौता गरेका छन् । हाभेर्टज भित्र्याउन ८० मिलियनर खर्चिएको चेल्सीले बोनस र उनको प्रदर्शनका आधारमा थप २० मिलियनर लेभरकुसनलाई तिर्नुपर्ने छ ।

चेल्सीमा अनुबन्धन भएपछि हाभेर्टजले स्टामफोर्ड ब्रिज आउन पाउँदा खुशी र गर्व लागेको बताएका छन् । उनले भनेका छन्, ‘ठुलो क्लबबाट खेल्ने मेरो सपना साकार भएको छ । चेल्सीसँग जोडिन पाउँदा धेरै खुसी छु र गर्व महसुस भइरहेको छ ।’

हाभेर्टज जर्मनीबाट प्रिमियर लिगमा अनुबन्ध हुने सर्वाधिक महँगा खेलाडी बनेका छन् । यस्तै उनी चेल्सीका समेत सबैभन्दा महँगा खेलाडी बनेका छन् । अट्याकिङ मिडफिल्डर हाभेर्टजले बायर लिभरकुुसनका लागि चार सिजनमा १५० खेलमा ४६ गोल र ४५ असिस्ट गरेका छन् । उनले जर्मनीबाट ७ खेल खेल्दै १ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

दई सिजन खेलाडी ट्रान्सफरमा प्रतिबन्ध खेपेको चेल्सीयो यो सिजन ट्रान्सफरमा २ सय मिलियनभन्दा बढी खर्चिएको छ । हाभेर्टज यो सिजन चेल्सी आउने सातौं खेलाडी हुन् । यअसघि चेल्सीले हाकिम जियाच, टिमो वार्नर, जाभिएर मुयाम्बा, मालाङ सार, थियागो सिल्भा र बेन चिलवेललाई अनुबन्ध गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *