काका भन्छन्, नेमार बालोन डे’ओरका हकदार छन्

ब्राजिलका पूर्व स्टार फुटबलर काकाले नेमार बालोन डे’ओरका हकरदार भएको बताएका छन् । उनले एक अन्तर्वार्ताका क्रममा पिएसजीले च्याम्पियन्स लिग जितेमा नेमार बालोन डे’ओरका प्रमुख दाबेदार हुने बताएका हुन् ।

काकाले अहिले नेमार विश्वकै उत्कृष्ट खेलाडी मध्ये एक भएको बताएका छन् । ‘म विश्वास गर्छु नेयमार अहिले विश्वकै उत्कृष्ट खेलाडी हुन् । उनी बालोन डे’ओरको हकदार छन् । तर, अवार्ड जित्ने नजित्ने टिमको प्रदर्शनमा भरपर्छ ,’ काकाले भने, ‘अब लिस्बनमा हुने च्याम्पियन्स लिग हेरौं । पिएसजी च्याम्पियन बन्यो भने नेमार त्यो अभियानका नायक हुने छन्
र उनलाई बालोन डे’ जित्ने कसैले रोक्न सक्दैन ।’

कोरोना भाइरसका कारण रोकिएको च्याम्पियन्स लिगका क्वार्टर फाइलन देखिका खेल पोर्चुगलको लिस्बनमा अगष्ट १२ बाट सुरु हुनेछ । पीएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा पुगिसकेको छ।

ब्राजिलियन फरवार्ड नेयमारले हालसम्म बालोन डे’ओर अवार्ड जित्न सकेका छैनन् । पटक–पटक अवार्डका लागि मनोनयनमा परे पनि मेसी र रोनाल्डोभन्दा पछि रहने गरेका छन् ।

रियल मड्रिड र एसी मिलानका पूर्वफरवार्ड काकाले २००७ बालोन डे’ओर अवार्ड जितेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.