हाजार्डको डेब्यूमा रियलको जित

रियल म्याड्रिडले स्पेनिस ला लिगामा दोस्रो जित निकालेको छ । शनिबार बेलुका घरेलु मैदान बर्नाबेउमा रियलले लेभान्तेविरुद्ध ३–२को जित निकाल्यो । लिगको ४ खेलमा रियलको यो दोस्रो जित हो भने बर्नाबेउमा पहिलो जित हो ।

रियललाई जित दिलाउने क्रममा करिम बेन्जिमाले २ तथा कासेमिरोले १ गोल गरे भने बोर्जा मायोराला र गोन्जालो मेलेरोले गोल गरे ।

२५औं मिनेटमा बेन्जिमाले रियललाई सुरुवाती अग्रता दिलाए । उनले ड्यानी कार्भाजल क्रमसमा पासमा हेडिङ गोल गरे । ३१औं मिनेटमा जेम्स रोड्रिगेजको पासमा बेन्जिमाले नै रियलको अग्रता दोब्बर बनाए । उनले भिनिसियस जुनियरको पासमा गोल गरेका हुन् ।

४०औं मिनेटमा कासेमिरोले गोल गरेपछि रियलले बर्नाबेउमा पहिलो हाफमै ३–०को अग्रता लियो । दोस्रो हाफमा लेभान्तेले २ गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो । तर, उसको प्रयास सफल हुन सकेन ।

दोस्रो हाफको सुरुवातमै लेभान्तेले गोल फर्कायो । ४९औं मिनेटमा रियलबाटै लेभान्ते भएका स्ट्राइकर मायोरालले गोल गरेका थिए । ६२औं मिनेटमा रियलका भिनिसिय जुनियरले गोल गरेका थिए । तर, त्यो गोललाई ‘भार’मार्फत रेफ्रिले रद्द गरेका थिए । ७५औं मिनेटमा मेलेरोले गोल गर्दै लेभान्तेलाई ३–२ को अवस्थामा पु¥याए । त्यसपछि खेलमा कुनै गोल नहुँदा रियल ३–१ले विजयी भयो ।

खेलमा रियलले ६६ प्रतिशत बल पोजेनस बनाएको थियो । उसले लेभान्तेको पोस्टमा २५ सट प्रहार गरेकोमा ११ सट फ्रेममा थियो । यता, लेभान्तेले ८ सट प्रहार गरेकोमा ३ सट प्रहार गरेको थियो ।

हाजार्ड र मिलिटाओको डेब्यू

लेभान्तेविरुद्धको खेलमा रियलको दुई खेलाडी बेल्जियन स्ट्राइकर इडेन हाजार्ड र ब्राजिलियन डिफेन्डर इडर मिलाटाओले ला लिगामा डेब्यू गरे ।

यसैसिजन इंग्लिस क्लब चेल्सीबाट रियल आएका हाजार्डले ६०औं मिनेटमा कासेमिरोलाई रिप्लेस गरेका थिए । प्रिसिजन सकिएपछि ट्रेनिङका क्रममा हाजार्ड घाइते भएपछि उनको डेब्यू लम्बिएको थियो ।

जिनेदिन जिदान प्रशिक्षकका रुपमा पुनः रियल फर्किए लगत्तै मिलिटाओलाई एफसी पोर्तोबाट ल्याएका थिए । उनी ६०औं मिनेटमै कप्तान सर्जियो रामासोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP