मड्रिड डर्बीमा बेन्जिमा उपलब्ध हुन सक्ने !

एकसाता अघि ट्रेनिङका क्रममा घाइते भएका रियल मड्रिडका फ्रेन्च स्ट्राइकर ‘मड्रिड डर्बी’मा उपलब्ध हुने सक्ने भएका छन्। चोटकै कारण बेन्जिमा ला लिगाको रियल भालाडोलिड र च्याम्पियन्स लिगको एट्लान्टाविरुद्धको खेल गुमाएका थिए।

बेन्जिमाले सामान्य अभ्यास थालिसकेको र रिकोभरी राम्रो भइरहेकाले ‘मड्रिड डर्बी’मा उनी उपलब्ध हुन सक्ने रियलले जनाएको छ। तर, उनी उपलब्ध हुने पक्का भने भइनसकेको रियलले जनाएको छ।

रियललेका प्लेइङसेटका ४५ प्रतिशत खेलाडी घाइते छन्। बेन्जिमासँगै कप्तान सर्जियो रामोस, मार्सेलो, ड्यानी कार्भाजल, इडेन हाजार्ड, फ्रेडे भालभार्डे, रोड्रिगोलगायत खेलाडी घाइते छन्। जारी सिजन १७ गोल गरेका बेन्जिमाको अभावमा रियले स्ट्राइकिङ लाइनअप कमजोर देखिएको छ।

म्याड्रिड डर्वी ७ मार्चमा एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा वान्डा मेट्रोपोलिटानोमा हुनेछ । प्रशिक्षक जिनेदिन जिदानले बेन्जिमाको विषयमा कुनै खतरा नामोल्ने बताएकाले पनि रियल सोसिडाडविरुद्ध भने उनी मैदान बाहिरै रहने पक्क जस्तै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *