क्लब फुटबलफुटबल

रियल छाडेको २४ घण्टा नबित्दै बेन्जिमा साउदी क्लबमा

फ्रेन्च स्ट्राइकर करिम बेन्जिमा साउदी अबरेयिन क्लबमा जाने पक्का भएको छ। पूर्वक्लब रियल मड्रिडका लागि अन्तिम खेल खेलेको २४ घण्टा पनि नबित्दै बेन्जिमा साउदी क्लब अल इतिहादमा आबद्ध हुने पक्का भएको हो।

खेलपत्रकार फब्रिसियो रोमानोका अनुसार बेन्जिमा अल इतिहादसँग २ वर्षको सम्झौता गर्न सहमत भएका छन्। वार्षिक २ सय मिलियन युरो पाउने गरी गरिएको सम्झौतमा बेन्जिमासँग थप १ वर्ष सम्झौता नवीकरण गर्ने सुविधान पनि हुने रोमानाोले बताएका छन्।

वुल्भ्स तथा टोटनहमका पूर्व प्रशिक्षक नुनो प्रिन्टो सान्टोको प्रशिक्षणम रहेको अल इतिहादले यो लिग साउदी प्रो लिग उपाधि जितेको थियो।

३५ वर्षीय बेन्जिमाले आइतबार राति सान्टियागो बर्नाबेउमा रियलका लागि अन्तिम खेल खेलेका थिए। त्यो उनको ६४८औं खेल थियो । क्लबसँगको सम्झौता रद्द गर्दै बेन्जिमाले रियल छाड्ने घोषणा गरेका थिए।

उनले आफ्नो अन्तिम खेलमा पनि गोल गरेका थिए । १४ वर्ष रियलमा बितटाउखेलमा ३५३ गोल र १६५ असिस्ट गरेका छन्। उनी रियलका दोस्रो सर्वाधिक गोलकर्ता हुन्।

५ च्याम्पियन्स लिग, ५ क्लब विश्वकप र ४ ला लिगासहित बेन्जिमाले रियलका लागि कुल २५ उपाधि जितेका छन्। बेन्जिमाले यसैवर्षको सुरुमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए।

पछिल्लो केही सिजन उत्कृष्ट फर्मममा रहेका बेजिन्माले गतवर्ष बालोन डि’ओर पनि जितेका थिए।