बेन्जिमाको ह्याट्रिकमा रियल विजयी

फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाको ह्याट्रिक मद्दतमा ला लिगामा रियल म्याड्रिडले सानदार जित हात पारेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई ३–० ले पराजि गरेको हो ।

क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि रियलका मुख्य स्ट्राइक बनेका बेन्जिामा ४७, ७६ र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । यो ह्याट्रिकसँगै बेन्जिमाले जारी सिजन रियलका लागि ३० गोल गरेका छन् । उनले ला लिगामा ३३ खेलमा २१ गोल गरेका छन् ।

पहिलो हाफमा बराबरीमा रोकिएको रियलले दोस्रो हाफको सुरुवातमै अग्रता लियो । बेन्जिमाले ४७ औं मिनेटमा मार्को असेन्सियोको पासमा हेड गोल गरेका थिए । यस्तै बेन्जेमाले ७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले ९० औं मिनेटमा ग्यारेथ बेलको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

खेलमा रियलले ५७ औं प्रतिशत बल पोजेसन बनाएको थियो । उसले बिल्बाओको पोस्टमा ११ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो । यता, बिल्बाओले ५ सट प्रहार गरेकोमा ३ सट फ्रेममा प्रहार गरेको थियो ।

जितसँगै तेस्रो स्थानमा रहेको रियलले ३३ खेलबाट ६४ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७७ र दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६८ अंक छ । रियलसँग हारेको बिल्बाओ ४६ अंकसहित सातौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP