चेल्सीसँग ३–२ले हार्दा पनि रियल सेमिफाइनलमा

Read Time:2 Minute

स्पेनिस जाइन्ड रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा इंग्लिस क्लब चेल्सीसँग ३–२ पराजय भोगे पनि रियल सेमिफाइनलमा पुगेको हो।

गत साता भएको क्वार्टरफाइनलमा पहिलो लेगमा ३–१को जित निकालेको समग्रमा ५–४को जितसहित रियल सेमिफाइनलमा पुगेको हो।

मंगलबार राति भएको प्रतिस्पर्धात्मक र रोञ्चमक खेलमा चेल्सीका मासन माउन्ट, काइ हाभर्टज र टिमो वर्नरले गोल गर्दा रियलका रोड्रिगो र करिम बेन्जिमाले गोल गरे।

पहिलो लेगमा ३–१ले पछि परेको चेल्सीले बर्नाबेउमा सुरुआतदेखि नै आक्रमक खेल खेल्यो। मासन माउन्टले १५औं मिनेटमै गोल गर्दै रियलमाथि दबाब दिए। पहिलो हाफमा १–०ले अग्रता लिएको चेल्सीले दोस्रो हाफको सुरुआतमै गोल गर्दै खेलालाई समग्रमा ३–३को बराबरीमा ल्यायो। ५१औं मिनेटमा उसका एन्टोनियो रुडिगुरले गोल गरेका थिए।

७५औं मिनेटमा वर्नरले गोल गरेपछि चेल्सीले खेलमा ४–३को अग्रता लियो । तर, ८० मिनेटमा रियलले गोल गर्दै खेललाई समग्रमा ४–४को बराबरीमा ल्यायो। लुका मोड्रिचको उत्कृष्ट पासमा रोड्रिगोले भली गोल गरे ।

निर्धारित समयमा त्यसपछि गोल नहुँदा खेल अतिरिक्त समयमा गयो । अतिरिक्ति समयको छैठौं मिनेटमा भिनिसियस जुनियरको पासमा करिम बेन्जिमाले हेडिङमार्फत गोल गर्दै रियललाई ५–४को जितसहित सेमिफाइलनमा पु¥याए।

रियल मड्रिड ३१औं पटक च्याम्पियन्स लिगको सेमिफाइलनमा पुगेको हो । यो अन्य कुनै पनि क्लब भन्दा ११औं पटक बढी हो । चेल्सी रियल युरोपियन प्रतियोगिताको अवे गेलमा ३ गोल गर्ने दोस्रो इंग्लिस क्लब बनेको छ। यसअघि सन् १९६८मा मान्चेस्टर युनाइटेडले रियलविरुद्ध ३ गोल गरेको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय महिला लिग : चन्द्रा चम्किँदा पुलिसमाथि धनगढीको जित
Next post भिल्लारियलसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरियो बायर्न
Close