क्लब फुटबलफुटबल

साउदीबाट ठूलो अफर आएपछि रियल छाड्दै बेन्जिमा

भेट्रान फ्रेन्च स्ट्राइकर करिम बेन्जिमा स्पेनिस जाइन्ट रियल मड्रिड छाड्ने तयारीमा छन्। केही साताअघिसम्म ट्रान्सफर मार्केटमा ३५ वर्षीइ बेन्जिमा चर्चा थिएन।

तर, अहिले ट्रान्सफर मार्केटमा उनको ट्रान्सफरको चर्चा ब्यापक बनेको छ। रियलसँगको सम्झोता सकिनै लागेका रियल छाड्ने मुडमा पुगेका छन्। साउदी अबेरियाका ठूलो अफर आएपछि बेन्जिमाले रियल छाड्ने मनिस्थिति बनाएका हुन्।

साउदी प्रो लिग क्लब अल इतिहादले बेन्जिमा समक्ष प्रतिसिजन १ सय मिलियन युरो पाउने गरी २ सिजनका लागि प्रस्ताव गरेको छ। त्यसका कुनै ट्याक्स लाग्ने छैन भने थप फि र बोनस पनि बेन्जिमाले पाउने छन्।

साउदीबाट ठूलो अफर आएपछि क्लब छाड्ने विषयमा करिअरको उत्तरार्धमा रहेका बेन्जिमाले रियलसँग पनि कुरा गरिसकेको बताइएको छ। ट्रान्सफर विन्डोका विज्ञ इटालियन पत्रकार फब्रिसियो रोमानले रियल छाड्ने नजिक पुगेको बताएका छन्। बेन्जिमाले रियल छाड्ने विषयमा औपचारिक घोषणा हुन मात्र बाँकी रहेको उनले बताएका छन्।

साउदी जाने सोचमा रहेका बेन्जिमाले त्यहाँको लिग, बसाईलगायतका विषयमा आफ्ना पूर्व टिममेट क्रिस्टिायानो रोनाल्डोसँग कुरा गरेको बताइएको छ। रोनाल्डो गत जनवरीमा अल नासर गएका थिए।

यो सिजन साउदी प्रो लिग उपाधि जितेको अल हिलालले टिमलाई थप बलियो बनाउन बेन्जिमा भित्र्याउन चाहेको हो। अल इतिहादलाई इंग्लिस क्लब वुल्भ्स, टोटनहम तथा स्पेनिस क्लब भ्यालेन्सियाको पूर्वप्रशिक्षक नुनो स्प्रिन्टो सान्टोले सम्हालिरहेका छन्।

रियल मड्रिडमा १४ सिजन बिताएका बेन्जिमाले आफूलाई लेजेन्डका रुपमा उभ्याएका छन्। उनले ६४७ खेल खेल्दै ३५३ गोल र १६५ असिस्ट गरेका छन्। यसअघिका दुई सिजन बेन्जिमा उत्कृष्ट फर्ममा थियो । सोही लयका कारण अघिल्लो सिजन बेन्जिमाले बालोन डे’ओर पनि जितेका थिए।