ललितपुरमाथि काठमाडौंको सानदार जित, उपाधिका लागि धनगढीसँग खेल्ने

ललितपुर सिटी एफसीमाथि शानदार जित निकाल्दै काठमाडौं रेजर्स पहिलो संस्करणको नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार साँझ दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीमाथि ३–०को जित निकाल्दै काठमाडौं फाइनलमा स्थान सुरक्षित गरेको हो।

शनिबार हुने फाइनलमा उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग खेल्ने छ । उपाधिको यो भीडन्त काठमाडौं र धनगढीबीच प्रतियोगिताको तेस्रो भीडन्त हुनेछ । यी दुई क्लब लिग र पहिलो क्वालिफायरमा भिडेका थिए दुवै भेटमा धनगढी विजयी भएको थियो।

काठमाडौंलाई सहज जित दिलाउने क्रममा मेसोउके ओलोमोउले २ गोल गरे भने स्टेफन बिनोङले १ गोल गरे । काठमाडौंले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो। लगातार खेल खेल्नु पर्दा ललितपुरका खेलाडी केही थकित देखिएका थिए।

१५ औं मिनेटमा मेसोउकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई खेलमा सुरुआती अग्रता दिलाए। स्टेफेन बिनोङलाई ललितपुरका कमल श्रेष्ठले डिबक्समा लडाएपछि प्राप्त पेनाल्टीमा मेसोउकेले गोल गरेका थिए ।

पहिलो गोल गरेको ७ मिनेटपछि नै तेज तामाङको मेसोउकले नै काठमाडौंको अग्रता दोब्बर बनाए । योसँगै उनी प्रतियोगिताको गोल्डेन बुटको एकल दाबेदार गरेका छन् । उनले प्रतियोगितामा १ ह्याट्रिकसहित ७ गोल गरेका छन् ।

पहिलो हाफमा २–०ले अग्रता लिएको काठमाडौंले दोस्रो हाफमा १ गोल थपेको थियो। ६० औं मिनेटमा काठमाडौंको लागि बिनोङले गोल गरेको थिए । उनले पनि तेजकै पासमा गोल गरेका थिए ।
खेलको सुरुवातमै ललितपुरले पाएको उत्कृष्ट दुई अवसरमा गोल गर्न नसक्दा त्यसको मूल्य चुकाउनु प¥यो । काठमाडौंका किपर विकेश कुथु विट भइसकेको अवस्थामा खेलको आठौं मिनेटमा भिलिम पोसिन्कोभिचले पोष्टनजिकैबाट खाली पोस्टमा प्रहार गरेको बल बाहिरिएको थियो ।
२८औं मिनेटमा ललितपुरका सुनौलो अवसर खेल फाल्यो । कप्तान अन्जन बिष्टको पासमा गोलकिपर विकेश अघि बढेको अवस्थामा गौरव बुढाथोकीले खाली पोस्टमा प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

खेलमा काठमाडौंका मेसोउके ओलोमोउ प्लेयर अफ दि म्याच चुनिए भए भने इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौंकै आशिष गुरुङ चुनिए ।

Facebook Comments Box