शीर्ष स्थानमा रहँदै काठमाडौं प्लेफमा, चितवन जितबिहीन

काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल सुपर लिगका काठमाडौं रेजर्स शीर्ष स्थानमा हरँदै प्लेफमा पुगेको छ । सुपर लिगको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ले हराउँदै काठमाडौं १३ अंकका साथ शीर्षमा रहँदै प्लेअफमा पुगेको हो।

काठमाडौंले प्लेअफको क्वालिफायरमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्ने छ। काठमाडौं र धनगढीबीचको क्वालिफायर खेल मंगलबार हुने छ। यता, काठमाडौंसँग पराजित भएसँगै चितवन भने नेपाल सुपर लिगमा जितबिहीन रहने एक्लो टिम रह्यो।

लिगको अन्तिम खेलमा काठमाडौंलाई जित दिलाउन मोउसुके ओलोमोउ र संजोग राईले एक गोल गरे भने चितवनका लागि राजिव लोप्चनले गोल गरे।

१७औं मिनेटमा ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । उनले विश्वास उदासको पासमा गोल गरेका थिए । ३४औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए ।

खेलको ४० औं मिनेटमा राजिवले गोल गद लोप्चनले गोल गर्दै चितवनलाई २–१ को स्थितिमा ल्याए । त्यससपछि खेलमा कुनै गोल नहुँदा काठमाडौं विजयी भयो ।्

खेलमा काठमाडौंका तेज तामाङ प्लेयर अफ दि म्याच भए भने काठमाडौंकै विश्वास उदास इमर्जिङ प्लेयर अफ दि म्याच भए ।

Facebook Comments Box