नेपाल सुपर लिगको प्लेअफको पहिलो खेलमा काठमाडौं र धनगढी भिड्दै

नेपाल सुपर लिगका प्लेअफका खेल आजबाट सुरु हुँदै छन् । प्लेअफको क्वालिफायरमा आज साँझ ५ः३० बजे लिग चरणका शीर्ष दुई टिम काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन्।

यो खेल जित्ने टिम सिधै फाइनल पुग्ने भएकाले पनि आजको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्न सकिन्छ। पराजित हुने टिमले फाइलन प्रवेशका लागि अर्को अवसर भने पाउने छन्। हार्ने टिमले प्लेअफका एलिमिनेटको विजेतासँग खेल्ने छ।

काठमाडौं लिगमा सर्वाधिक ४ खेल जित्ने एक मात्र टिम हो । ६ मध्ये ४ खेल जितेको काठमाडौंले १३ अंक जोडेको थियो । काठमाडौंले एक खेल बराबरी खेल्दा एक मात्र हार बेहोरेको थियो । त्यो हार धनगढीविरुद्ध नै थियो । त्यसैले यो खेलमा काठकाडौंलाई धनगढीसँग बदला लिने अवसर पनि छ ।

उद्घाटन खेलमै ललितपुर सिटीलाई १-० ले पराजित गरेको काठमाडौं दोस्रो खेलमा धनगढीसँग ३–० ले पराजित भएको थयो । धनगढी भने पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० ले पराजित भएको थियो । धनगढीले ६ मध्ये ३ खेलमा जित हात पार्दा २ खेलमा पराजित भयो भने एक खेल बराबरी खेलेको थियो ।

काठमाडौंमा विकेश कुथु र तेज तामाङसँगै राष्ट्रिय टिमबाट खेलेका सन्जोग राई उमेर समूहको राष्ट्रिय टिममा खेलेका विश्वास श्रेष्ठलगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । काठमाडौंले विदेशी खेलाडीको समेत रम्रो साथ पाएको छ । सर्वाधक ५ गोल गरेका ओलोमोउसँगै स्टेफेन विनोङ र फ्लोराले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उता धनगढीको मुख्य हतिकार पनि नाइजेरियन खेलाडी ओलावाले आफिस रहेका छन् । उनले ४ गोल गरिसकेका छन् । बुटवल विरुद्धको अन्तिम लिग खेलमा उनले खेलेनन् । यस्तै राष्ट्रिय टिमका मिडफिल्ड विशाल राई, दर्शन गुरुङ, डिफेण्डरद्वय दिनेश राजवंशी र निशान खड्का धनगढीमा छन् ।

काठमाडौंको प्रशिक्षकमा गत चैतमा नेपाललाई थ्री नेशन्स कपको उपाधि दिलाएका बालगोपाल महर्जन छन् । धनगढीको मुख्य प्रशिक्षक युगल किशोर राई रहेपनि नाइजेरियन फुजात तोपले रणनीतिमा साथ दिइरहेका छन् ।

Facebook Comments Box