कारबाओ कपमा लेस्टर र एस्टन भिल्लाले खेले बराबरी

कारबाओ कपको सेमिफाइलनको पहिलो खेलगमा प्रिमियर लिग क्लब लेस्टर सिटी र एस्टन भिल्लाले बराबरी खेलेका छन् । बुधबार राति भएको खेलमा एस्टन भिल्ला र लेस्टर सिटीले १–१ गोलको बराबरी खेलेका हुन् ।

सुरुवातमै लिएको अग्रता जोगाउन नसक्दा एस्टन भिल्ला जितबाट बञ्चित भयो । उसले २८औं मिनेटमा फेडरिक गुइबर्टले गोलमा सुरुवाती अग्रता लिएको थियो ।

घरेलु टिम लेस्टरले ७४औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो । उसका लािग केलिची इन्ह्यान्चोले गोल गरेका थिए । उनले जेमी भार्डीको पासमा गोलगर्दै लेस्टरलाई हारबाट जोगाए ।

खेलमा लेस्टरले ७० प्रतिशत बल पोजेसन बनाएको थियो । उसले भिल्लाको पोस्टमा २१ सट प्रहार गर्दा ६ सट टार्गेटमा थियो । यता, भिल्लाले ३ सट प्र्रहार गरेकोमा १ सट फ्रेममा थियो ।

दुई टोलीबीचको दोस्रो लेग भिल्लाको मैदानमा जनवरी २९ मा हुनेछ । अर्को सेमिफाइलनमा म्यान्चेस्टरका दुई क्लब सिटी र युनाइटेड भिड्ने छन् । पहिलो लेगमा सिटी ३–१ले अघि छ । दोस्रो लेग ३० जनवरीमा हुने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.