केपा चम्किँदा चेल्सीले जित्यो सुपरकप

गोलकिपर केपा अरिजाबलागाले २ पेनाल्टी बचाएपछि चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब भिल्लारियललाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै गर्दै चेल्सीले उपाधि जितेको हो।

विन्डोरस पार्कमा भएको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनालल्टीमा चेल्सीका लािग सेसर एप्लिजिक्वेटा, मार्कस ओलन्सो, मासन माउन्ट, जर्गिन्हो र क्रिस्टियन पुलुसिच र एन्टोनइ रुडिगुरुले गोल गरे भने काइ हाभर्ट्जको प्रहार भिल्लारियलका गोलकिपरले रोकेका थिए।

यता, भिल्लारियलका लागि जेरार्ड मोरेनो, पेर्विस स्टुपिना, मोइ गोमेज, ड्यानी राबा र जुआन फोयाथले गोल गर्दा राउल अल्बियोल र आइसा मन्डीको प्रहार चेल्सीका किपर केपाले रोकेका थिए।

२७ औं मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले अग्रता लिएको थियो भने ७३ औं मिनेटमा जेरार्ड मोरेनोले भियारियालका लागि बराबरी गोल फर्काए ।

Facebook Comments Box