डे ब्रुयनलाई कोरोना संक्रमण

म्यानचेस्टर सिटीका बेल्जियन स्टार खेलाडी केभिन डे ब्रुयनलाई कोरोना संक्रमण भएको छ। विश्वकपको युरोपियन छनोट खेलेर फर्किएका स्टार मिडफिल्डरलाई कोरोना संक्रमण पुष्टी भएको हो। उनी १० दिनसम्म आइसोलेसनमा बस्ने क्लबले जनाएको छ।

कोरोना संक्रमण पुष्टी भएसँगै उनले प्रिमियर लिग अन्तर्गत आइतबार हुने एभर्टनसँगको खेल तथा च्याम्पियन्स लिग अन्तर्गत बुधबार हुने पेरिस सेन्ट जर्मेनसँगको खेल गुमाउने भएका छन् ।

खोपको दुवै मात्रा लगाएका डी ब्रूयनाले गएको मंगलबार भएको विश्वकप छनौट अन्तर्गत वेल्ससँगको खेलमा एक गोल गरेका थिए । सो खेलमा बराबरी भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राखेप सदस्य सचिवका लागि दर्खास्त आव्हान
Next post हिमालयन शेर्पा र संकटाले खेले बराबरी
Close