डे ब्रुयन सिजनको उत्कृष्ट खेलाडी

म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डी ब्रुयन सिजनको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । प्रिमियर लिग किमिटीले डे ब्रुयनलाई ‘प्लेयर अफ दी सिजन’ अवार्ड दिएको हो ।

सिटीले उपाधि रक्षा गर्न नसकेपनि २०१९–२० को सिजन भर डे ब्रुयनले उत्कृष्ट प्रदर्शन गरेका थिए । यसक्रममा उनले लिभरपुलका ट्रेन्ड एलेक्सजेन्डर आर्नोल्ड, जोर्डन हेन्डरसन, साडियो माने, साउथह्याम्पटनका ड्यानी इंग्स, लेष्टरका जेमी भार्डी र बर्नलीका गोलकिपर निक पोपलाई पछि पारे।

म्यानचेस्टर सिटीलाई लिगको दोस्रो बनाउन महत्वपूर्ण प्रदर्शन गरेका डे ब्रुयनले यो सिजन १३ गोल गर्नुका साथै २० असिस्ट पनि गरेका थिए ।

२९ वर्षीय डे ब्रुएन ‘प्लेयर अफ दी सिजन’ अवार्ड जित्ने तेस्रो बेल्जियन खेलाडी बनेका छन् । यसअघि यो अवार्ड सिटीबाटै भिन्सेन्ट कोम्पनी र चेल्सीबाट इडेन हाजार्डले जितेका थिए ।

‘योङ प्लेयर अफ दी सिजन’ र म्यानेजर अफ दी सिजनको दुवै लिभरपुलले जितेको थियो । लिभरपुलका आर्नेल्ड ‘योङ प्लेयर अफ दी सिजन’ हुँदा म्यानेजर अफ दी सिजन योर्गेन क्लोपले जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP