
हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा
Read Time:1 Minute
हिमालयन शेर्पा क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइलनमा प्रवेश गरेको छ। सोमबार धनगढी रंगशालामा भएको खेलमा आयोजक सुदूरपश्चिम ११ लाई २–१ले हराउँदै ए डिभिजन क्लब हिमालयन शेर्पाले अन्तिम ४ को यात्रा चय गरेको हो।
प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले गोल गरे । हिमालयन शेर्पाकै विवेक पण्डितले आत्मघाती गोल गरे।
३४औं मिनेटमा पिस्टनको गोलमा ले गोलमा हिमालयनले खेलमा सुरुआती अग्रता लियो। ५५औं मिनेटमा सुरेश कुमालले हिमालयन अग्रता दोब्बर बनाए । ६७औं मिनेटमा विवेकले आत्मघाती गोल गरेपनि हिमालयन २–१ ले विजयी भयो ।
अब हिमालयन सेमिफाइनलमा अर्को ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।