खप्तड गोल्डकपको उपाधिका लागि मनाङले फ्रेन्ड्सको सामाना गर्दै

Read Time:1 Minute

सर्वाधिक धनराशीको मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको पाँचौं संस्करण आजबाट सकिँदैछ । धनगढी रंगशालामा आज हुने फाइलनसँगै प्रतियोगिता सकिने छ।

प्रतियोगिताको उपाधिका लागि दुई ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र फ्रेन्ड्स क्लब भिड्ने छन्। फाइनल धनगढी रंगशालामा अपरान्ह ३ बजेपछि सुरु हुनेछ ।

दुबै टिम कप्तान र प्रशिक्षकले उपाधिका लागि मैदान उत्रने बताउँदै फाइनलका तयार रहेको बताएका छन् । मनाङ हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ ले हराउँदै उपाधि नजिक पुगेको हो भने फाइनल पुग्ने क्रममा फ्रेन्ड्सले बागमती युथको चुनौती २–१ले पन्छाएको थियाो।

प्रतियोगिताको विजेताले ट्रफीसहित २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् भने विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सातदोबाटोलाई हराउँदै आर्मी झापा गोल्डकपको फाइनलमा
Next post ला लिडामा एट्लेटिको जित, तेस्रो स्थानमा उक्लियो
Close