ए डिभिजन लिगफुटबल

जब एन्फा कम्प्लेक्स मैदान रणभूमि बन्यो…

अहिले सहिद स्मारक ए डिभिजन लिगका अन्तिम चरण जारी छ। त्यसमा पनि अहिले दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा तीन खेल भइरहेका छन्।

यी मध्ये दशरथ रंगशाला र एन्फा कम्पलेक्सको खेल निकै महत्वपूर्ण छ। जसमा दशरथ रंगशलामा रेलिगनबाट बच्न संघर्ष गरिरहेका एपिएफ र फ्रेन्ड्स क्लब भिडिरहेका छन् भने एन्फा कम्प्लेक्समा लिगको पुछारमा रहेको एफसी खुमलटारले च्याम्पियन बनिसेको चर्च बोइजसँग खेलिरहेको छ।

खुलमटार र चर्च बोइज दुवै लिगका नवप्रवेशी टिम हुन्। चर्च बोइजन पहिलो सिजन नै च्याम्पियन बनिसक्दा खुमलटार रेलिगेसनको संघारमा छ। यो खेलमा च्याम्पियन चर्च बोइजलाई हराउन सके खुमलटार रेलिगेसनबाट बच्ने सम्भावना छ।

त्यसैले खुमलटारका लागि यो खेल निकै महत्वपूर्ण थियो । उसले खेल पनि सोही अनुसार खेलिरहरेको छ। रेलिगेसनको दबाबमा खेलिरहेको खुमलटार र चर्च बोइजबीच खेलको पहिलो हाफ निकै तनावग्रस्त बन्यो।

खेल खेलाइरहेका रेफ्री प्रज्वल क्षेत्री र सहायक रेफ्रीहरू किशन कन्हैया यादव र हरिश कार्कीलाई दुई टिमका खेलाडीबीचको विवादले खेल खेलाउन निकै दबाब परेको थियो ।

खेलमा १३औं मिनेटमै च्याम्पियन चर्च बोइजले मनोज राईको गोलमा अग्रता लियो । त्यसपछि झन रेलिगेसनको दबाबमा परेको खुमटारल मैदानमा आक्रामक रुपमा खेल्न थाल्यो।

माहोल गर्माउँदे गयो । दुवै टिमका खेलाडी र अफिसियलबीच थुप्रै पटक अक्रोशित बने।

यत्तिकैमा खेलमा पछि परिरहेको खुमलटारले पेनाल्टीको अवसर पायो । त्यसमा चर्च बोइजका खेलाडीले प्रतिवाद गरे । उनीहरुले रेफ्री प्रज्वल क्षेत्रीसँग विवाद गरे। उनीहरुले पेनाल्टी नभएको जिकिरि गरिरहे । तर, रेफ्री आफ्नो निर्णयबाट पछि हटेनन्। तर, खुमलटारका मेसुके ओलुमेउले त्यसलाई सदुपयोग गर्न सकेनन्।

घम्साघम्सीकै बीच खेल अगाडि बढिर्यो । पहिलो हाफको अन्त्यतिर चर्च बोइजका डिफेन्डर कमल श्रेष्ठले खुमलटारका खेलाडीलाई धकेलेर टर्च लाइन बाहिरै पु¥याइदिएपछि फेरि केही तनावको वातावरण बन्यो। केही समयमै खेल अगाडि बढ्यो।

पहिलो हाफका निर्धारित समय सकियो। फोर्थ अफिसियलले ४ मिनेट अतरिक्त समय थप गरे।

अतिरिक्त समयमा पेनाल्टी बक्समा चर्च बोइजका कप्तान अनन्त तामाङको हातमा बलले लाग्यो । त्यो क्लियर ह्यान्ड थियो । त्यसैले खुमलटारका खेलाडीले पेनाल्टीको अपिल गरे। त्यो उसका लागि खेलमा फर्कने अवसर थियो । तर, रेफ्रीले त्यसलाई पेनाल्टी दिएनन्।

रेफ्रीको यस्तो निर्णयपछि खुमलटारको पुरै टिम आक्रोशित बन्यो । टचलाइनमा रहेका खुमलटारका प्रशिक्षक आक्रोशित बने । उनले हातमा बोकिरहेको पानीको बोतल रिसले मैदानमै भित्रै बजार्दै रेफ्रीसँग प्रतिवाद गर्न मैदानभित्र प्रवेश गरे।

उनीसँगै अफिसियल टिम र बेन्चका खेलाडी पनि मैदान प्रवेश गरे। उनीहरुले रेफ्रिसँग प्रतिवाद गरे, उनीहरू हातपातमै उत्रिए। रेफ्रीले प्रशिक्षकसिहत ३ अफिसियलाइ राताे कार्ड दिए।

झगडा छुट्याउन फोर्थ अफिसिलन, एन्फा पदाधिकारीहरु पनि मैदान प्रवेश गरे । त्यसपति च्यासल मैदान तनावग्रस्त बन्न पुग्यो । त्यसपछि खेल रेफ्रीले सुरक्षाको माग गर्दै खेल रोके। लामो सयम खेल हुन सकेन ।

खुलटारका समर्थकले रेफ्रीको निर्णयको विरोध गर्दै प्यारापिटमै नराबाजी गरे, मैदानमा पानीको बोतल फ्याले । उनीहरुले रफ्रीले थ्री स्टारसँग पैसा खाएको भन्दै नाराबाजी गरे। उनीहरुले रेफ्रीको लाइसेन्स खारेज गर्न पनि माग गरे। ।

त्यसको करिब आधा घण्टापछि खेल सुरु भएको थियो ।