पेलेको सम्मानमा सडकको नाम ‘किङ पेले’

Read Time:2 Minute

महान फुटबल पेलेको सम्मान ब्राजिलको राजधानी रियो दि जेनेरियामा एक सडकको नाममा ‘किङ पेले’ राखिएको छ। ब्राजिलको प्रसिद्ध रंगशाला नजिकैको सडकको नाममा पेलेको सम्मान परिवर्तन गरिएको छ।

क्यान्सरबाट पीडित पेलेको गत साता ८२ वर्षको उमेरमा निधन भएको थियो। उनको मंगलबार राति अन्त्यष्टी गरिएको थियो।

नाम परिवर्तन गरिएसँगै ‘किङ पेले मार्ग’मा फोटो खिचाउन स्थानीय तथा बाह्य पर्यटकको भिड लगोको छ। सडक माराकाना रंगशालादेखि १.४ किलोमिटर लामो छ।

सहरका मेयर एडुआर्डो पेसले ८२ वर्षको उमेरमा निधन भएका ब्राजिल आइकनको सम्मानमा रियो दि जेनेरियोको पौराणिक माराकाना स्टेडियम जाने सडकको नाम परिवर्तन गरिएको जानकारी दिएका छन्।

यसअघि यो सडकलाई एभेनिडा रेडियल ओस्टे भनेर चिनिन्थ्यो।

ब्राजिलको माराकाना स्टेडियमको नाम पनि देशको फुटबल लिजेन्ड पेलेको नाममा राखिने भएको छ। यसका लागि रियो दि जेनेरियो राज्यको विधानसभाले मंगलबार यो रंगशालाको नाम एडसन एरान्टेस डो नासिमेन्टो ( रे पेले स्टेडियममा परिवर्तन गर्न मतदान गरेको थियो।

८० वर्षीय पेले, जसको पूरा नाम एडसन एरान्टेस डो नासिमेन्टो हो, उनले ब्राजिलका लागि धेरै पटक यहीँ स्टेडियममा खेलेका थिए र त्यहाँ सन् १९६९ मा स्थानीय क्लब भास्को दा गामा विरूद्ध सान्तोसका लागि आफ्नो १,००० औं गोल पनि यही रंगशालामा पुरा गरेका थिए।

तीन पटकका फिफा विश्वकप विजेता पेलेको गत साता ८२ वर्षको उमेरमा निधन भएको थियो। 

Happy
Happy
56 %
Sad
Sad
6 %
Excited
Excited
6 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
31 %
Previous post दोस्रो टि–२०मा भारतमाथि श्रीलंकाको जित
Next post लुम्बिनी र जनकपुर क्वालिफायरमा
Close