किरण बने एसियाको साताको उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन्। एसियाका ९ खेलाडीलाई भोटिङमा पछि पार्दै किरण एएफसीको साताको उत्कृष्ट खेलाडी बनेका हुन्। एसियाको साताको उत्कष्ट खेलाडीको मनोनयमा पर्ने जित्ने किरण पहिलो नेपाली खेलाडी बने।

किरणले ५५.६९ प्रतिशत भोट प्राप्त गरे । दोस्रो स्थानमा रहेका साउदी अरबका साउदी अरेबियाका सालेह अल सेहरीले २०.७२ प्रतिशत मत प्राप्त गरे भने तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत मत प्राप्त गरे।

गत साता सम्पन्न त्रिदेशी कप फुटबलमा गरेको प्रदर्शनका आधारमा किरण साताको उत्कृष्ट १० खेलाडीको सूचीमा परेका हुन्। त्रिदेशीय कपमा नेपाललाई उपाधि दिलाउने क्रममा किरणले ३ खेलमा २ क्लिनसिट राखेका थिए भने १ गोल मात्र खाएका थिए।

एसियाको साताको उत्कृष्ट खेलाडी बनेपछि किरणले यो आफ्ना लागि मात्र नभएर नेपालकै उपलब्धि र गर्वको क्षण भएको बताएका छन् । ‘यो वर्ष मेरो लागि भाग्यमानी सावित भएको छ । म एकदमै गौरवान्वित छु । नेपालको इतिहासमै यो पहिलो पटक मनोनयनमा परेको र जितेको हो । यो हाम्रो लागि उपलब्धि हो र गर्वको क्षणसमेत हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् .

किरणले भनेका छन्, ‘सँगै मिलेर काम गरे जे पनि सम्भव छ भन्ने उदाहरण हो । मतदानका लागि विशेष धन्यवाद । सबैलाई माया र समर्थनका लागि धन्यवाद । राष्ट्रलाई गर्व गराउन म अझै कडा मिहिनेत गर्नेछु ।’

किरणसँगै उत्कृष्ट १० मा यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *