राष्ट्रिय टिमका कप्तान किरण भन्छन्– इराकसँगको खेल हाम्रा लागि अवसर हो

नेपाली राष्ट्रिय टिम यतिवेल इराकमा छ । नेपाली टिम घरेलु टोली इराकसँगको मैत्रीपूर्ण खेलका लागि बुधबार इराक पुगेको हो।

शनिबार राति १०ः१५ बजे बसार अन्तर्राष्ट्रिय मैदानमा नेपालले एसियन पावर हाउस इराकको सामाना गर्दै छ।

इराकमा प्रशिक्षणमा व्यस्त रअहेको नेपाली टिमका कप्तान किरण चेम्जोङले इराकसँगको खेल आफूहरुका लागि ठूलो अवसर भएको बताएका छन्।

उनले स्थानीय सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा चेम्जोङले बलियो र माथिल्लो स्तरको टिमसँग खेल्नु पाउनु नेपालका लागि फाइदाजनक हुने बताए । उनले इराकविरुद्धको खेलका लागि तयारी पनि राम्रो भएको बताए । उनले इराकसँगको खेलले विश्वकप छनोटका लागि आफूहरुलाई सहयोग पुग्ने बताए ।

अब्दुल्ला अलमुताइरी नेपाली टिमको प्रशिक्षक बनेपछि राष्ट्रिय टिममा उनले ठूलो परिवर्तन गरेकाले भने इराकविरुद्ध नेपाली टिम र प्रशिक्षक अलमुताइरीकै लागि पनि निकै महत्वपूर्ण हुने छ। अलमुताइरीले राष्ट्रिय टिममा युवा खेलाडीलाई मौका दिएका छन्। अहिलेको नेपाली टिमको औषत उमेर २३ रहेको छ।

इराक पुगेको २३ सदस्यीय राष्ट्रिय टिममा अलमुताइरीले ६ नयाँ खेलाडीलाई समावेश गरेका छन्। पहिलो पटक राष्ट्रिय टिममा कोरियामा फुटबल खेलिरहेका मिडफिल्डर मनिष डाँगी, नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्डर त्रय सुरजजिउ ठकुरी, कमल थाप, आयुष घलान, डिफेन्डर गौतम श्रेष्ठ र गोलकिपर विशाल सुनार छन्।

टिममा किरण चेम्जोङ, रोहित चन्द, विशाल राई, अन्नत तामाङ, अन्जन विष्ट, नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दिनेश राजवंशीलगयात सिनियर खेलाडीले स्थान बनाएका छन् ।

इराकसँगको मैत्रीपूर्ण खेललगत्तै १६ गते नै नेपाली टिम स्थलमार्ग हुँदै उतैबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्ताथ गर्ने कार्यक्रम छ। विश्कप छनोट सकेर नेपाली टिम जुन १२ तारिखमा नेपाल फर्कर्ने एन्फाले जनाएको छ।

विश्वकप छनोटमा नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ।

विश्वकप छनोटका समूम बीमा रहेको नेपाल अंक तालिकामा ३ अंकका साथ चौथो स्थानमा छ । नेपालले ५ खेलमा १ जित र ४ खेलमा हार बेहोरेको थियो। विश्वकप छनोटको सम्भावना सकिएपछि एसिया कपमा छनोट हुने नेपालको सम्भावना भने बाँकी नै छ।

Facebook Comments Box