अलमुतारइरीको आगमनले टिममा आत्मविश्वासी भएको छ : कप्तान किरण चेम्जोङ

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आगमति पछि टिम निकै आत्मविश्वासी भएको बताएका छन्। विश्वकप र एसिया कप छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्ध जितपछि शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै किरण अलमुताइरीको आगमनले टिममा छुट्टै किमिसको आत्मविश्वास जागेको बताए।

उनले आफू लामो समयदेखि राष्ट्रिय टिममा रहे पनि अहिलेको जस्तो कन्फिडेन्स कहिल्यै नभएको बताए । ‘राष्ट्रिय टिममा खेल्न थालेको १३–१४ वर्ष भइसक्यो । अहिलेको कोचले जस्तो कन्फिडेन्स दिनुभएको छ, त्यस्तो पहिले कहिल्यै थिएन,’ किरणले भने, ‘सबै खेलाडीलाई खेल्नका लागि कन्फिडेन्सको वातावरण क्रियट गर्नुभएको छ। टिममा छुट्टै उर्जा थपिएको महसुस भएको छ।’

किरणले नयाँ प्रशिक्षकको आगमनपछि नयाँ खाले फुटबल अनुभव गर्न पाएको बताए । उनले आफ्नो करिअरको १३ वर्षमा पहिलो पटक नयाँ ढंगले खेल खेलेको बताए । अहिले नेपाली खेलाडीमा गोल गर्न र अट्याक गर्न सक्छु भन्ने आत्मविश्वास बढेको किरणले बताए ।

किरणले खेलाडीलाई कहिल्यै पनि गाली नगर्न पनि नेपाली फुटबलप्रेमीलाई आग्रह गरे । खेलाडीले जानेर कहिल्यै गल्ती नगर्ने बताउँदै उनले खेलाडीलाई सपोर्ट गर्न आग्रह गरे।

प्रशिक्षक अलमुताइरी प्रशिक्षकमा नियुक्त भएपछि नेपालले चाइनिज ताइपेइसँग पहिलो प्रतिस्पर्धात्मक खेल खेलेको थियो । सो खेलमा नेपाल २–०ले विजयी भएको छ। अलमुताइरीको आगमनपछि नेपाली टमको खेल्नै शैली परिवर्तन भएको छ। पहिले डिफेन्सिभ खेल्ने नेपाली टिम अहिले आक्रमण फुटबल खेल्न थालेको छ, त्यसको प्रमाण इराकसँगको मैत्रीपूर्ण र ताइपेइविरुद्धको खेल हो।

भविष्यका लागि टिम बनाउने घोषणा गरेका अलमुताइरीले अधिकांश युवा खेलाडीलाई लिएर कुवेत गएका छन् । विश्वपक छनोटको गणीतिय सम्भावना मात्र बाँकी रहेपछि एसिया कप छनोटको अघिल्लो चरण पुग्ने नेपालको सम्भावना बलियो छ। अब नेपालले ७ जुनमा जोर्डन र ११ जुनमा अस्ट्रेलियासँग खेल्ने छ।

Facebook Comments Box