भारतमा किरण चेम्जोङले जिते गोलकिपर अफ दि सिजन अवार्ड

नेपाली राष्ट्रिय टिमका कप्तान किरण चोम्जोङले भारतमा अर्को अवार्ड जितेका छन् । अघिल्लो संस्कणको भारतीय फुटबल लिग आईलिगमा उत्कृष्ट प्रदर्शन गरेका किरणले सोमबार आईलिग फ्यान सिजन अवार्ड जितेका छन् ।

सोमबार आयोजना भएको आइलिग फ्यान सिजन अवार्डमा किरणले गोलकिपर अफ दि सिजन अवार्ड जितेका हुन् । राउण्ड ग्लास प्जावबाट आई लिग खेलेका किरणले क्लबको कप्तानी गरेका थिए।

उनी आईलिगका सर्वोत्कृष्ट गोलकिपर पनि बनेका थिए । किरणले १४ खेल खेल्दा ७ खेलमा क्लिनसिट राखेका थिए ।

Facebook Comments Box