मैत्रीपूर्ण खेलका लागि नेपाल आए कप्तान किरण

Read Time:1 Minute

मोरिससविरुद्धको मैत्रीपूर्ण खेलमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान गोलकिपर किरण चेम्जोङ नेपाल आएका छन् । माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका किरण बुधबार राति नेपाल आएका हुन्।

किरण माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका छन् । किरणलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

नेपालले घरेलु मैदानमा माघ १५ र १८ गते अफ्रिकन राष्ट्र मोरिससविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षब अब्दुल्लाह अलमुताइरीले बुधबारमात्र टिमको घोषणा गरेका छन् । उनले २ खेलका लागि २ फरक फरक टिम घोषणा गरेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post गिनी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा
Next post ‘खेलाडीमाथि क्रुरता नदेखाइयोस्, हारको जिम्मा म लिन्छु’
Close