धनगढीको कप्तानी किरणले गर्ने

शनिबारबाट सुरु हुने नेपाल सुपर लिगमा धनगढी फुटबल क्लबको कप्तानी नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले गर्ने भएका छन्। धनगढीले शुक्रबार विज्ञप्ति निकाल्दै टिमको कप्तानी किरणले गर्ने जनाएको छ।

धनगढीले किरणलाई आइकोनिक खेलाडीमा रुपमा टिममा अनुबन्धन गरेको थियो । टिममा विशाल राई मार्की खेलाडी रहेका छन्। किरणले ५ वर्षपछि घरेलु फुटबल खेल्न लागेका हुन्।

मुख्य प्रशिक्षकमा युगल किशोर राई र प्रशिक्षकमा तोपे फुजा रहेको धनगढीमा उसले दिनेश राजवंशी, निशान खड्का, दर्शन गुरुङ, पुजन उपरकोटी, टंक बस्नेतलगायतलाई खेलाडी छन्। धनगढीले विदेशी खेलाडीमा रुपमा अहिलेसम्म ओलावाले हाफिजलाई मात्र अनुबन्धन गरेको छ।

नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ ९एन्फा०को प्राविधिक सहयोगमा नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको हो। प्रतियोगितामा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

खेल सिंगल राउण्ड रोविन लिगमा हुनेछ। लिगका शीर्ष ४ टिमले प्लेअफ खेल्ने छन्। शीर्ष दुईले प्लेअफको क्लालिफायर खेर्ने छन् भने तेस्रो र चौथो एलिमिनेटर खेल्ने छन् । क्वालिफायरको विजेता सिधै फाइलन पुग्ने छ भने पराजित हुनेले फाइलन पुग्नका लागि एलिमिनेटरको विजेतासँग खेल्ने छ।

प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् भने धनगढीले पहिलो खेल आइतबार विराटनगरसँग खेल्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.