किरणले बने नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी

Read Time:1 मिनेट

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ कीर्तिमान बनाएका छन्। केही समयपछि दरशथ रंगशालामा सुरु हुने भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषणा गरिएको टिममा परेसँगै किरणले नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

४ मे २००८ मा मकाउविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका किरणले अहिलेसम्म नेपालका लागि सर्वाधिक ७४ खेल खेलेका छन् । गत बिहीबार भारतविरुद्धको मैत्रीपूर्ण खेलसँगै उनले पूर्वकप्तान विराज महर्जनको नाममा रहेको कीर्तिमान बराबरी गरेका थिए।

किरणले यसअघि सन् २०१८ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्ध पहिलो पटक कप्तानी सम्हालेका थिए। विराज गत वर्ष भएको थ्री नेसन्स कपपछि सन्न्यास लिएपछि किरण नेपाली टिमको पूर्णकालिन कप्तान बनेका हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भारतविरुद्ध यस्तो छ नेपालको प्लेइङ सेट, सुजल र मनिष सुरुआतमै, अन्जन बेन्चमा
Next post नेपाल र भारतबीच पहिलो हाफ गोलरहित बराबरी, मनिषले मिस गरे सुनौलो मौका
Close