किरणले मैदानमै गरे प्रेमिकालाई विवाह प्रस्ताव

Read Time:1 मिनेट

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । माल्दिभ्समा व्यवसायिक फुटबल खेलिरहेका किरणले धिवेही प्रिमियर लिगको समापनका क्रममा मैदानमै प्रेमिकालाई विवाह प्रस्ताव गरेका हुन्।

माजिया स्पोर्ट एण्ड रिक्रएसनले धिवेही प्रिमियर लिगको उपाधि जितेपछि खुशियाली मनाउने क्रममा किरणले प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका थिए।

क्लबका खेलाडीले लिगको ट्रफी उचालेर खुसी मनाइरहँदा उनले आफ्नी प्रेमिकालाई हातमा समातेर मैदानमै लगे। त्यसपछि किरणले मैदानमै प्रेमिका कञ्चन निरौलालाई सबै सहकर्मीका अघि औंठी लगाइदिए, विवाह प्रस्ताव राखेका थिए। किरणले यसो गर्दा सबै खेलाडीले ताली बजाएर साथ दिएका थिए।

किरणले सोको भिडियो समाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । चेमजोङ कञ्चनसँग लामो समयदेखि प्रेममा थिए । सोमबारको प्रस्तावले उनको प्रेमले औपचारिकता पाएको छ । कञ्चन एयरहोस्टेस हुन्।

किरणकै उतृष्ट प्रदर्शन मद्दतमा माजिया स्पोर्ट प्रिमियर लिग च्याम्पियन बनेको थियो भने किरण उत्कृष्ट गोलकिपर बनेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेमार, मेसी र रामोसको गोलमा पिएसजी च्याम्पियन
Next post म्याकोइ चम्किँदा भारतमाथि वेस्टइन्डिजको जित
Close