
किरणले बचाए पेनाल्टी, नेपालको अग्रता कायमै
Read Time:1 Minute
नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। किरण खेलका सुरुआमै प्राप्त पेनाल्टीमा बचाउँदा पहिलो हाफ जारी रहँदा नेपालले १–०को अग्रता कायम गरेको छ।
नेपालले गोल गरेको २ मिनेटपछि नै मोरिससले बराबरी गर्ने सुन्दर अवसर गुमायो । १२ औं मिनेटमा प्राप्त पेनाल्टीमा मोरिसका खेलाडीका प्रहार किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।
दिनेश राजवंशीले मोरिससका खेलाडीलाई डिबक्समा लगाएपछि मोरिससले पेनाल्टी पाएको थियो।
दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले अफ्रिकी मुलुक मोरिसविरुद्ध नेपालले १०औं मिनेटमा अग्रता लिएको छ।
नेपालका लागि सुजल श्रेष्ठले गोल गर्दैं टिमलाई अग्रता दिलाए । उनले डिबक्स भित्रबाट आशिष लामाले उपलब्ध गराएको पासमा नजिकैबाट गोल गरेका थिए।