अल्मुताइरी र याेहान कालिनकाे अन्डरमा काम गरेका किरण बने मनाङकाे प्रशिक्षक

Read Time:1 Minute

ए डिभिजन लिगको सबैभन्दा सफल क्लब मनाङ मर्स्याङ्दीले प्रशिक्षकका रुपमा किरण श्रेष्ठलाई नियुक्त गरेको छ। मनाङले नयाँ सिजनका लागि श्रेष्ठलाई प्रशिक्षक नियुक्त गरेको हो।

श्रेष्ठसँग लामो समय राष्ट्रिय टिममा प्रशिक्षण गरेको अनुभव छ । उनले योहान कालिन र अब्दुल्लाह अलमुताइरीको सहायकका रुपमा राष्ट्रिय टिममा काम गरेका थिए।

यस्तै, जावलाखेल युथ क्लबका पूर्वखेलाडी श्रेष्ठले २०६८÷६९ मा ए डिभजिन क्लब बौद्ध र राष्ट्रिय लिगमा फार वेस्ट एफसीको प्रशिक्षका रुपमा काम गरेका छन्।

उनले मोफसलका प्रतियोगितामा साहारा क्लबको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

स्टार खेलाडीहरुले क्लब छाडेपछि मनाङलाई पुरानै लय समात्न भने गाह्रो हुने देखिएको छ। अघिल्लो सातामा कप्तान अञ्जन विष्ट, मिडफिल्डर पुजन उपरकोटी र डिफेन्डर दिनेश राजवंशीले मनाङ छाडेका थिए।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सन्दीप बने डिप्रेशनको शिकार, जेलमै मनोपरामर्श सेवा
Next post आहा–रारा पोखरा गोल्डकप : आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा
Close