जावलाखेललाई हराउँदै केपी एफसी सेमिफाइनलमा

Read Time:2 Minute

केपी एफसी काठमाडौंमा जारी पहिलो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा ए डिभिजन क्लब जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ले हरायो।

निर्धारित समयको खेल १–१को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा आयोजक केपी एफसी भाग्यमानी सावित भयो।

पेनाल्टीमा आयोजकका तर्फबाट कप्तान विक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बू र अनिल महर्जनले गोल गरेका थिए।

जवलाखेलका सिमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले गोल गरे । तर, जावलाखेलका एनकोटो स्यानोउस मासोआबीको प्रहार आयोजकका गोलकिपर पूर्ण चेम्जोङले बचाए ।

खेलमा अग्रता जावलाखेलले लियो। ४२औं मिनेटमा राहुलले गोल गरेका थिए। तर, ६८औं मिनेटमा अजयी मार्टिन्स गोल गर्दै केपी एफसीलाई खेलमा फकाएका थिए।

अब फाइनल प्रवेशका लागि केपी एफसीले लिग च्याम्पियन मछिन्द्र क्लबसँग खेल्ने छ। अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्।

प्रतियोगितामा केपी एफसीले थ्री स्टार क्लबको सेट नै मैदानमा उतारेको थियो। नाम मात्रै परिवर्तन गरिएको थियो

राष्ट्रिय युवा संघ नेपालले आयोजना भएको प्रतियोगिताको १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Happy
Happy
18 %
Sad
Sad
9 %
Excited
Excited
18 %
Sleepy
Sleepy
0 %
Angry
Angry
9 %
Surprise
Surprise
45 %
Previous post देव र अर्जुनको शतकमा कुवेतलाई नेपालले दिए ३४४ रनको लक्ष्य
Next post देव, अर्जुन र आकाश चम्किँदा कुवेतमाथि नेपालको २४३ रनको जित
Close