किरण आईलिगका उत्कृष्ट गाेलकिपर

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको शीर्ष डिभिजन लिग आईलिगमा उत्कृष्ट गोलकिपर चुनिएका छन् ।

राउन्ड ग्लास पञ्जाबबाट आईलिग खेलेका किरण शनिबारबाट उत्कृष्ट गोलकिपर चुनिएका हुन्। तर, उनी उत्कृष्ट गोलकिपर चुनिँदा घरेलु मैदानमा बंगलादेशविरुद्ध नेपाली टिमको कप्तानी गर्दै मैदानमा थिए ।

किरण गत सोमबार त्रिदेवशी कप खेल्ने आइलिग छाड्दै नेपाल आएका हुन् । पञ्जाबको कप्तानी गरेका किरणले अन्तिम खेले खेलेका थिएन् । अन्तिम खेलको उनको शनिबार टिम चुर्चिल ब्रदर्ससँग ३–२ले पराजित भएको थियो ।

पञ्जाबले चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । उसले ६ जित, ४ बराबरी र ५ हारको सामना गरेको थियो । आई लिगको उपाधि भने गोकुलम केरलाले जित्यो ।

उत्कृष्ट गोलकिपर बन्दै किरणले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरे।

किरणसँगै आईलिगमा अभिषेक रिजाल र प्रकाश बुढाथोकी पनि थिए । राष्ट्रिय टिमको स्ट्राइकर अभिषेकले आइजवालबाट खेलेका थिए भने मिडफिल्डर प्रकाश बुढाथोकीले नेरोका एफसीमा आबद्ध भएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.