चेल्सी छाड्दै डिफेन्डर जुमा वेस्टह्याम पुगे

इंग्लिस क्लब चेल्सीका फ्रेन्च डिफेन्डर कुर्ट जुमा वेस्टह्याम आबद्ध भएका छन्। वेस्टह्यामले २६ वर्षीय डिफेन्डरलाई ३० मिलियन युरोमा चेल्सीका भित्र्याएको हो।

जुमाले वेस्टह्यामसँग ४व् र्षको समभmैतान गरेका छन् । अब उनी सन् २०२५सम्म वेस्टह्याममा रहने छन्।

उनी सन् २०१४मा सेन्ट इटिनेबाट चेल्सीका आएका थिए । त्यसपछि सेन्ट इटिने, स्टोक सिटी र एभर्टनबाट लोनमा पनि बिताए । उनले चेल्सीबाट १५१ खेल खेल्दै १० गोल गरेका छन्।

चेल्लीबाट उनले २ प्रिमियर लिग र च्याम्पिन्स लिग गरी कुल ५ उपाधि जितेका छन्। उनले फ्रान्सका लागि ८ खेल खेलेका छन्।

Facebook Comments Box