
नेमार र एम्बाप्पेको गोलमा पिएसजीको जित
ब्राजिलियन स्टार नेमार र फ्रेन्च स्टार किलियन एम्बाप्पेले गोल गरेपछि फ्रेन्च क्लब पिएसजी विजयी भएको छ। फ्रेन्च लिग वान अन्तर्गत आइतबार भउको खेलमा पिएसजीले बोरडेक्समाथि ३–०को जित निकाल्यो ।
घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन एम्बाप्पे र नेमारसँगै लिएन्ड्रो पेरेडेसले पनि गोल गरे। एमाबप्पेले २४औं मिनेटमा पिएसजीलाई अग्रता दिलाए । उनले जर्निनियो विज्नाल्डमको पासमा गोल गरेका थिए।
पहिलो हाफमा १ गोल गरेको पिएजीले दोस्रो हाफमा २ गोल गरेको थियो । ५२औं मिनेटमा नेमारले पिएसजीको अग्रता दोब्बर बनाए । उनले अर्चरफ हाकिमीको पासमा गोल गरे । ६१औं मिनेटमा पेरेडेसले गोल गरेपछि पिएसजी ३–०ले विजयी भयो।
जारी सिजन घरेलु मैदानमा पिएसजीको १४ मध्ये १३औं जित हो । यो सिजन युरोपका टप ५ लिगमा कुनै पनि टिमको घरेलु मैदानको सर्वाधिक हो ।
जितसँगै पिएसजीले शीर्ष स्थानमा १५ अंकको फराकिलो अग्रता कायम गरेको छ। उसले २८ खेलमा २० जितसहित ६५ अंक जोडेको छ। यता, २२ अंकसहित तालिकाको पुछारमा छ।