एम्बाप्पे भन्छन्– फ्रान्सले जिदानमाथि अपमान गर्‍यो

Read Time:2 Minute

फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पेले फ्रेन्च लेजेन्ड जिनेदिन जिदानमाथि फ्रेन्च फुटबल एसोसिएसनले अपमान गरेको आरोप लगाएका छन्। जिदानका विषयमा फ्रेन्च फुटबल एसोसिएसनका अध्यक्ष नोएल ले ग्रेटले प्रशिक्षक जिदानको विषयमा नकारात्मक टिप्पणी गरेपछि एम्बाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

जिदान सन् २०२३ को सुरुआतसँगै फ्रेन्च टिमको मुख्य प्रशिक्षक बन्ने अपेक्षा गरिएको छ। फ्रेन्च टिमको प्रशिक्षक बन्न जिदान दुई वर्षदेखि ठूला क्लबको प्रस्तावलाई अस्वीकार गरेका थिए। तर, फ्रेच फुटबल फेडेरेसनले सन् २०२६ सम्मका लागि डिडियर डेसच्याम्पकै सम्झौता नवीकरण गरेको छ।

डेसच्याम्पको सम्झौता नवीकरण गरेपछि एसोसिएसनका अध्यक्ष नोएल ले ग्रेटले जिदान जहाँ सुकै जाउन आफूलाई मतलब नभएको प्रतिक्रिया दिएका थिए।

‘जिदान ब्राजिल जाने? मलाई केही मतलब छैन। उनी जहाँ मनलाग्छ त्यहीँ जाउन्, जुनसुकै क्लब वा राष्ट्रिय टिममा जाउन्। मलाई साँच्चै केही मतलब छैन’, उनले भनेका छन्, ‘उनले मलाई फोन गरेकै छैनन्। तर, गरेका भए पनि म उनको फोन उठाउने थिइनँ।’

ले ग्रेटको लेजेन्डप्रतिको यस्तो प्रतिक्रियापछि एम्बाप्पेले उनको विरोध गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जिदान भनेकै फ्रान्स हुन्, हामी आफ्ना लेजेन्डको त्यसरी अपमान गर्दैनौं।’

जिदानप्रतिको ले ग्रेटको प्रतिक्रियाको अहिले चौतफी विरोध भइरहेको छ। स्पेनिस क्लब रियल मड्रिड विज्ञप्ति नै निकालेर ले ग्रेटको विरोध गरेको छ भने फ्रेन्च खेलकुद मन्त्री एमेले ओडेअ क्यास्टेराले ले ग्रेटलाई फोन नै गरेर प्रतिक्रियाका विषयमा आपत्ति जनाएकी छिन्।

Happy
Happy
11 %
Sad
Sad
11 %
Excited
Excited
6 %
Sleepy
Sleepy
2 %
Angry
Angry
65 %
Surprise
Surprise
5 %
Previous post एनभीए भलिबल च्याम्पियनसिप : उपाधि दाबेदार हेल्प नेपाल र न्यु डाइमन्डको जित
Next post रियल मड्रिड तथा टोटनहमका स्टार बेलले लिए फुबटलबाट सन्न्यास
Close