रोनाल्डो, मेसीलाई उछिन्दै एम्बाप्पेले बनाए यस्तो रेकर्ड

विश्व विजेता फ्रान्सेली युवा किलियन एम्बाप्पे अहिले चर्चाको केन्द्रमा छन् । २० वर्षीय एम्बाप्पे दोस्रो सर्वाधिक महँगा खेलाडी हुन् । उनलाई फ्रेन्च क्लब पिएसजीमा आबद्ध मोनाकोबाट १८० मिलियन युरोमा किनेको थियो ।

विश्व फुटबलमा युवा स्टाका रुपमा उदाएका एम्बाप्पेले २० वर्षका उमेरमै वर्तमान फुटबलका दुई हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै नयाँ रेकर्ड बनाएका छन् । युरोकप छनोटअन्तर्गत अन्तर्गत एन्डोराविरुद्ध प्राप्त ४–०को जितमा फ्रान्सका लागि ओपनिङ गोल गर्दै एम्बाप्पे रोनाल्डो र मेसीलाई उछिन्दै कम उमेरमा १ सय गोल गर्ने खेलाडी बने ।

एन्डोराविरुद्धको खेलमा ११ औं मिनेटमा गोल गर्दै १ सयौं गोलको कोशेढुंगा पार गर्दा एम्बाप्पे २० वर्ष १७३ दिनका दिए । मेसीले १ सय गोल २२ वर्ष ९७ दिनमा गरेका थिए भने रोनाल्डो सिनियर फुटलमा १ सय गोल गर्दा २२ वर्ष ३५६ दिनका दिए ।

कम उमेरमा १ सय गोल गर्ने कीर्तिमान भने ब्राजिलियन स्टार नेमारको नाममा छ । उनले २०औं जन्मदिनमा १ सय गोलको कोशेढुंगा पार गरेका थिए ।

रसिया विश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित एम्बाप्पेले राष्ट्रिय टिमबाट ११, पूर्वक्लब मोनाकोबाट २७ र पिएसजीबाट ६० गोल गरेका छन् ।

यो सिजन एम्बाप्पेले पिएसजीलाई लिग वान च्याम्पियन बनाउने क्रममा ४३ खेलमा ३९ गोल गरेका छन् । पिएसजीका २ स्टार खेलाडी नेमार इडिन्सन काभानी घाइते हुँदा एम्बाप्पेले मुख्य स्ट्राइकरका रुपमा थिए । यस सिजत क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पेलाई बालोन डि‘ओरको दाबेदारका रुपमा पनि हेरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.