एम्बाप्पेको चार गोलमा फ्रान्स विश्वकपमा

Read Time:2 Minute

युवा स्ट्रइकर किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि डिफेन्डिङ च्याम्पियन फ्रान्स कतार विश्वकपका लागि छनोट भएको छ। शनिबार राति भएको खेलमा एम्बाप्पेले ह्याट्रिकसहित ४ गोल गरेपछि काजखस्तानमाथि ८–०को जित निकाल्दै फ्रान्सले कतार विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो।

विश्वविजेता फ्रान्स कतार विश्वकपमा स्थान बनाउने चौथो टोली हो। जर्मनी, डेनमार्क र ब्राजिलले यसअघि नै विश्वकपमा स्थान बनाइसकेका छन्। आयोजकको हैसियतमा कतार पनि छनोट भइसकेको छ।

फ्रान्सको जितमा एमबाप्पे चार गोल गर्दा बेन्जिमाले दुई तथा एड्रियन राविओट र एन्टोइन ग्रिजमनले पनि गोल गरे। एमबाप्पेले पहिलो हाफको ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए। उनले खेलको छैटौं, १२औं मिनेट र ३२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

५५औं र ५९ औं मिनेटमा बन्जिमाले गोल गरेपछि फ्रान्सले ५–०को अग्रता लियो। ७५औं मिनेटमा एड्रिएन राविओटले गोल गर्दै फ्रान्सलाई फराकिलो जिततर्फ अघि बढाए । ८४औं मिनेटमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गर्दै खेललाई ७–० को स्थितिमा ल्याए। त्यसको तीन मिनेटपछि एमबाप्पेले व्यक्तिगत चौथो गरेपछि फ्रान्स ८–०ले विजयी भयो।

समूह डीकै अर्को खेलमा फिनल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ३–१ ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ।

यो जितपछि अपराजित रहेको फ्रान्स ७ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा यथावत रह्यो। पराजित काजकस्तान ३ अंक जोडेर पुछारमा रह्यो। जितपछि फिनल्यान्ड ७ खेलबाट ११ अंक जोडेर दोस्रो स्थनमा रहेको छ। बोस्निया ७ अंक जोडेर चौथो स्थानमा रहँदा युक्रेनको ९ अंक छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post टि–२० र्‍याकिङमा नेपालले आयरल्यान्डलाई उछिन्यो
Next post इस्टोनियालाई हराउँदै बेल्जियम विश्वकपका लागि छानियो
Close