
एम्बाप्पेका लागि १ बिलियन तिर्न रियल तयार !
फ्रेन्च स्टार किलियन एम्बाप्पेले गत समर ट्रान्सफरमै रियल मड्रिड आउने मौखिक सहमति गरेका थिए। तर, अन्तिम समयमा उनले महँगो मूल्यमा पिएसजीसँगको सम्झौता नवीकरण गरे र पिएसजीमै बसे।
सिजन आधा सकिएको छ । एम्बाप्पे पिएसजीमा खुसी नभएको चर्चा पनि चलिरहेको छ। पिएसजीले २३ वर्षीय स्टारको रिलिज क्लज १ बिलियन तोकेछ।
कतार विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गर्दै एम्बाप्पेले गोल्डेन बुट जितेपछि रियल मड्रिड एम्बाप्पेलाई आगामी समरमा भित्र्याउने तयारीमा लागेको छ। विश्वकपको फाइनलमा सनसनीपूर्ण ह्याट्रिक गरेका एम्बाप्पेले विश्वकपमा कुल ८ गोल गरेका थिए।
एम्बाप्पेका लागि १ बिलियन युरो तिर्न रियल तयार भएको बताइएको छ। त्यसका लागि रियल मड्रिड रकम जुटाउन लागेको छ।
पिएसजीमा एम्बाप्पेको सम्झौता सन् २०२४ सम्मको छ। रियलले एम्बाप्पेसँग ४ वर्षको सम्झौता गर्ने तयारी गरेको छ।
१ बिलियनमा १५० मिलियन ट्रान्सफर फि, ६३० मिलियन तलबमा खर्च हुन् छ। बाँकी अरु रकम एजेन्ट फि, करलगायतमा लाग्ने बताइएको छ।